८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर ३ मा भुसाल विजयी



२३ मंसिर, ललितपुर ।
प्रतिनिधिसभा ३ मा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल विजयी भएकी छन् । भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाएका छन् ।

भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी हुन् । उनी यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन् । सुश्री भुसाल प्रतिनिधिसभामा काठमाडौँ उपत्यकाबाट विजयी घोषणा हुने पहिलो महिला उम्मेदवार हुन् ।

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छन् । तत्कालीन नेकपा माओवादी सरकारमा हुँदा उनी तीन पटक मन्त्री भइसकेकी छन् ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००