१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादका कारण क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन



२२ मंसिर, भक्तपुर ।
भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।

डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए ।

उनले भने– “बालकोट घटनाको निष्पक्ष छानबिन हुनुप¥यो, घाइतेको उपचार हुनुप¥यो, घटनाको मुद्दा दर्ता हुनुप¥यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुप¥यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनाैँ, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।”

यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए ।

उनले भने– “घटनाको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो कुनै असहमति छैन, तर त्यही विषयलाई लिएर मतगणना भने रोक्नु हुँदैन, मतगणना शुरु हुनुपर्छ ।” निर्वाचन अधिकृत उत्तम सिलवालले भने सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरे ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००