८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङमा मतान्तर बढाउँदै वाम गठबन्धन



२२ मंसिर, बागलुङ ।
प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद पाठकले नेपाली कांग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहेका छन् । पाठकले १४ हजार ९१२ मत प्राप्त गरेका छन् भने खड्काले ९ हजार ८७० मत प्राप्त गरेका छन् ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले कांग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहेका छन् । पौडेलले १० हजार ७४९ मत प्राप्त गरेका छन् भने पुनले ८ हजार ५५३ मत प्राप्त गरेका छन् । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००