१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि



२२ मंसिर, रसुवा ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गरेका छन् ।

यसैगरी, प्रदेश क मा नेपाली कांग्रेसका प्रभात लामाले पाँच हजार ३११ मत तथा नेकपा एमालेका करन्याल तामाङले चार हजार ३६९ मत प्राप्त गरेका छन् । प्रदेश ‘ख’ मा मतगणना हुन सकेको छैन ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००