१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा क्षेत्र नं ३ को मतगणना शुरू



२२ मंसिर, जनकपुरधाम ।
धनुषा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको मतगणना शुरू भएको छ । महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सो क्षेत्रअन्तर्गत विदेह नगरपालिका ९ र जनकपुर उपमहानगरपालिका ११ को मतपेटिकाबाट मतगणना शुरू भएको जनाइएको छ ।

सो क्षेत्रका क मा ५३ हजार ३५ र ख मा ४४ हजार ४६७ मतदाता गरी ९७ हजार ३६० मतदाताका लागि ७६ वटा मतदान केन्द्र रहेका थिए ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि २८ र प्रदेशसभा सदस्यका लागि ३५ वटा उम्मेदवार रहेका छन् । क्षेत्र नं १, २ र ४ को मतगणना केही बेरमा शुरू हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००