७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङमा छ स्थानबाट मतगणना गर्ने तयारी



२० मंसिर, मलेखु– धादिङ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही मंसिर १० गते पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनाको तयारी गरेको छ ।

भोलि बेलुका ५ बजेबाट मतगणना गर्ने तयारी अन्तिम चरणमा पुगेको क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले बताए ।

प्रतिनिधिसभा क्षेत्र नं १ को मतपेपटका जिल्ला भूसंरक्षण कार्यालयमा राखिएकाले सोही स्थानमा मतगणनाको तयारी गरिएको छ । दुई वटा कोठाको तीन स्थानमा मतगणना गर्ने तयारी गरिएको र मतगणनास्थल तारजालीले बारेर तयारी अवस्थामा राखिएको सो क्षेत्रका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए ।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ को मतगणना जिल्ला समन्वय समितिको हलमा तीन स्थानमा गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

धादिङमा दुई लाख ३३ हजार ५०५ मतदाता रहेकामा एक लाख ५६ हजार ३८५ जनाले मात्र मतदान गरेका थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको धादिङका २७५ मतदान केन्द्रका ८२५ मतपेटिका रहेका छन् ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ००:००