११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम रूकुमकाे आठविसकोट नगरपालिकामा पहिलो पटक इन्टरनेट पुग्याे



 

१७ मंसिर, रुकुम । जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलो पटक इन्टरनेट जडान भएको छ ।

रुकुम (पश्चिम)को यो नगरपालिकाले पहिलो पटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको १ लाख रुपैयाँभन्दा बढी लगानीमा जडान गरिएको हो । नगरपालिकाको केन्द्रीय कार्यालय तथा वडा नं ९ र १० को कार्यालयमा पनि जडान गरिएको हो ।

एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ ।

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो । रासस

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार ००:००