२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती–महाकालीमा कांग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छुः देउवा



१६ मंसिर, भीमदत्तनगर ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा कांग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

बेलौरी, झलारी र भीमदत्तगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने दृढता प्रकट गरे ।

“पञ्चेश्वर परियोजनाको निर्माण कार्य थालनी हुने चरणमा छ, पश्चिम सेती ठेक्का नै भइसक्यो,” उनले भने– “यी दुई ठूला परियोजना बने प्रदेश नं ७ मुलुककै धनी प्रदेश बन्छ ।”

महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त गरे । सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गरिने उनले बताए ।

चुनाव सार्न खोज्यो भनेर विपक्षीले अनाहकमा हल्ला फैलाइरहेकामा उनले दुखेसो पनि पोखे । सभामा कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू, नारायणप्रकाश साउद र रमेश लेखक लगायतले मन्तव्य राखेका थिए ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ००:००