८ असार २०८२, आइतबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यकः पूर्वअर्थमन्त्री पाण्डे



१५ मंसिर, रत्ननगर– चितवन ।
पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले राष्ट्रको रक्षाका लागि वाम सरकार आवश्यक भएको दाबी गरेका छन् ।

चितवन क्षेत्र नं १ अन्तर्गत स्थानीय खैरहनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वाम शक्तिको सरकारले मात्रै देश विकास गर्न सक्नेमा जोड दिए ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता पाण्डलेले बिहीबार खैरहनी नगरपालिका ४ चैनपुर, शिवालयचोकमा आयोजित सभामा भने, “अबको निर्वाचन पछि वाम शक्तिको सरकार बन्छ, अनि देश विकास र समृद्धितर्फ अघि बढ्छ ।”राष्ट्रको रक्षाका लागि नै वाम एकता गरिएको उनको भनाइ थियो ।

निजामती कर्मचारी विभिन्न दलको चुनाव प्रचार प्रसारमा सक्रिय रहेकामा आपत्ति जनाउँदै उनले सरकारको नून खाएर एउटा पार्टीको प्रचारमा नलाग्न कर्मचारीलाई आग्रहसमेत गरे ।

सो क्रममा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा ख का उम्मेदवार कृष्ण खनालले स्थानीय क्षेत्रको विकाससंगै समग्र राष्ट्रकै विकासका लागि वाम शक्तिलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
रासस

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार ००:००