१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्ट नै बढ्ता लोकतान्त्रिक शक्ति हुन्ः भुसाल



१४ मंसिर, ललितपुर ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने लक्ष्यका साथ वामपन्थी शक्ति एकीकृत रुपमा निर्वाचन अभियानमा केन्द्रित भएको बताएकी छन् ।

स्थानीय खोकनामा वाम गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गदै उनले वामपन्थी शक्ति एक जुट भएर चुनाव र पार्टी एकता प्रक्रियामा जाँदा विपक्षी आत्तिनु नपर्ने धारणा राखिन् । “कम्युनिष्टको सरकार गठन भए नागरिक स्वतन्त्रता हनन हुन्छ भन्दै आफूलाई लोकतान्त्रिक बताउने नेपाली कांग्रेस नै रोइलो गर्र्दै हिँडेको छ ।

जनतालाई अधिकार दिन हामी तयार छौँ । प्राप्त भएको अधिकार कोही कसैले पनि खोस्न सक्दैन । कांग्रेसभन्दा कम्युनिस्ट नै बढ्ता लोकतान्त्रिक छन्” उनले भनिन् ।

प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं ३ मा वाम गठन्धनको संयुक्त उम्मेदवार भुसालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने, कलासंस्कृतिको संरक्षण गर्ने तथा नागरिकका दैनिक समस्या समाधान गर्ने ललिलतपुर वाम गठन्धनको मूलमन्त्र रहेको स्पष्ट गरिन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेकी नेत्री सुशीला नेपालले वाम गठबन्धनपछि मतदातामा नयाँ खालको उत्साह पैदा भएको जिकिर गरिन् । ललितपुर क्षेत्र नं ३ ख मा प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्काले ललितपुरको विकास र समृद्धिको स्पष्ट खाका कोर्नका लागि वाम गठबन्धनको विजय आवश्यक रहेको धारणा राखे ।
रासस

प्रकाशित मिति : १४ मंसिर २०७४, बिहिबार ००:००