१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाग्रेभञ्ज्याङ–विर्तामोड सडकको आधा काम सम्पन्न



१२ मंसिर, मंगलबारे– इलाम ।
देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठ सम्ममा सम्पन्न हुने भएको छ ।

डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए ।

उन्नति समावेशी परियोजना अन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलवासे–चिसापानी सडक निर्माण भएसंगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ ।

मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिब ११० किलोमिटर पार गर्नुपर्छ । तर सो सडक निर्माणपछि करिब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ । उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ ।

दुई चरणमा काम भइरहेको छ । सो परियोजना अन्तर्गत ३२ किलोमिटर सडकको स्तरोन्नति गरिने इञ्जिनियर झाले बताए । पर्खाल निर्माण ९० प्रतिशत पूरा भएको छ ।

विसं २०७३ चैतदेखि शुरु भएको काम सम्पन्न गर्न आगामी ७४ जेठसम्म कुर्नुपर्ने छ । हाल देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय बासिन्दाले बताए ।

सो सडक भएर साना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । पहिलो चरणमा १६ किलोमिटर सडक निर्माणको जिम्मा देवा निर्माण कम्पनीलाई दिइएको छ भने दोस्रो चरण अन्तर्गतको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीलाई दिइएको छ ।

पहिलो चरणको काम गर्न १० करोड ७३ लाखमा ठेक्का सम्झौता भएको छ भने दोस्रो चरणको १० करोड १५ लाखमा ठेक्का सम्झौता हुन लागेको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कालोपत्र गर्ने तयारी रहेको आयोजनाका मूल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार ००:००