१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो



१२ मंसिर, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका १ सारेमारे र पर्वतको जलजला गाउँपालिका ७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

१८७।५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । रत्नेचौर र धाइरिङका बासिन्दालाई ढोडेनी भएर घुमाउरो बाटो हिँड्दा एक घण्टा लाग्ने गरेकामा पुल बनेपछि पाँच मिनेटमै सारेमारेदेखि लस्ती बजार पुग्न सकिने भएको स्थानीय बासिन्दा तिलक थापामगरले बताए ।

पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतका साथै त्यहाँका कृषकले उत्पादन गरेको तरकारी बजारमा पु¥याउन सहज भएको छ । म्याग्दीको रत्नेचौर, पर्वतको धाइरिङ र नाग्लीवाङका एक हजार ५०० घरधुरी लाभान्वित भएका छन् । सो पुलको भारवहन क्षमता ६८ मेट्रिक टन छ । एकपटकमा ४८६ जना मानिसहरु आवतजावत गर्न सक्नेछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले ठेक्कामार्फत ६७ लाख ७७ हजार ७७७ को लागतमा उक्त पुल निर्माण गरेको हो ।

विसं २०७२ असारदेखि निर्माण शुरु भएको उक्त पुल निर्माण व्यवसायीका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलो निर्माण भएको हो । सो पुलको निर्माणको ठेक्का अधिकारी निर्माण सेवाले पाएको थियो ।
रासस

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार ००:००