२९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्थिरताको दुश्चक्रबाट देशलाई मुक्त बनाउन वाम गठबन्धनः अध्यक्ष प्रचण्ड



११ मंसिर, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको दुश्चक्रबाट मुक्त बनाउन वामगठबन्धन गरिएको बताएका छन् ।

माडीको वसन्तपुरमा आयोजित चुनावी सभामा राजनीतिक अस्थिरताका कारण देशको विकास हुननसकेको बताउँदै उनले वाम गठबन्धले नै अस्थिरता अन्त्य गर्ने बताएका हुन् ।

सिंगो राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि आफूले निर्वाचनमा भाग लिएको र माडी क्षेत्रबाटै विकासको शुरुवात हुने भन्दै अध्यक्ष प्रचण्डले ठोरी–केरुङ राजमार्ग, जंगली जनाबर र मानवबस्ती बीचको द्वन्द्व अन्त्य गर्ने, माडी क्षेत्रमा चक्रपथ तथा कृषि सडक निर्माण गर्ने, कृषिको आधुनिकिकरण गर्ने, खोलाको तटबन्ध निर्माण लगायतका काम तत्काल शुरु गर्ने प्रितिबद्धतासमेत व्यक्त गरे ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००