१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजविराजको मुख्य सडकको निर्माण कार्य हुँदै



८ मंसिर, राजविराज ।
लामो समयदेखि जीर्ण रहेको सप्तरी सदरमुकाम राजविराजको मुटुमै अवस्थित गजेन्द्र चोकदेखि शहीददर्शन चोकसम्मको सडक निर्माण कार्य शुरु भएको छ ।

सडक विभागको सहयोग तथा सडक डिभिजन कार्यालय लहानमार्फत तीन सय मिटर पक्की सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बताए ।

कुल एक करोडको योजना रहेकोमा स्थानीय श्यामा कन्सट्रक्सनले पुस महिनाभित्र सम्पन्न हुनेगरी ५५ लाखमा ठेक्का लिएको उनले जानकारी दिए ।

सम्झौता अनुसार ३०० मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त सडकको दुवैतर्फ एक दशमलव पाँच मिटर आरसिसी ढलान गरिने समेत उनले जानकारी दिए । अति व्यस्त मानिने मुख्य सडकलाई जेसिबीले खनेर छाडिदिएपछि धुलाम्मे र कच्ची बाटोमा सर्वसाधारण हिड्न बाध्य थिए ।

सब ग्रेड अर्थात जेसिबीले खनेर पुरानो कालोपत्रेलाई झिक्ने र सब बेस ग्राभेल (१५ सेमि) कार्य सम्पन्न भइसकेको र बालुवाको प्रिमिक्स कार्पेटिङ अर्थात स्याण्ड सील कार्य पनि चाडै शुरु गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर शोभितलाल ठाकुरले बताए । यसका अतिरिक्त राजविराज नगरको अन्य सडकमा पनि काम थालिने उनले बताए ।
रासस

प्रकाशित मिति : ८ मंसिर २०७४, शुक्रबार ००:००