Logo

दाेहाेराे झडपमा एकजना घाइते



८ मंसिर, रुकुम ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

झडपमा परी सानीभेरी गाउँपालिका ७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि दोहोरो झडप भएको हो ।

झडपमा घाइते भएकी कल्पनालाई चौरजहारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको उनका श्रीमान् कुलबहादुरले जानकारी दिए ।

झडपमा सहभागी चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
रासस

प्रतिक्रिया दिनुहोस्