९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिस्ट शासन व्यवस्थाले कर्णालीको मुहार फेर्दैनः प्रम देउवा



७ मंसिर, कालीकोट ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा कर्णालीको विकास नहुने बताएका छन् । नेपाली कांग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि कांग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउँदै सुदूरपश्चिम र मध्यपश्चिमसंगको सु–सम्बन्धले प्रगति हुनेसमेत बताए । प्रधानमन्त्री देउवाले कर्णालीको भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ गर्दै अघि बढ्ने ठोकुवासमेत गरे ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति चाहेको बताउँदै भावी दिनमा नेपाल र नेपाली जनताका लागि नेपाली कांग्रेस लागिपरेको बताए । साथै, प्रधानमन्त्री देउवाले नेपालमा वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनप्रति विश्वास कायम गरेर नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा लोकतन्त्रको रक्षा हुनेसमेत बताए ।

कडा सुरक्षाका बीचमा भएको चुनावी सभामा १० मिनेट मात्र समय लिएर बोलेका प्रधानमन्त्री देउवाको आजै जुम्ला जाने कार्यक्रम रहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००