१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई अर्ब ४० करोडको लागतमा सडक कालोपत्रे हुँदै



७ मंसिर, पथरी– मोरङ ।
सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेका विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएका छन् ।

एशियाली विकास बैंक एडिवीको सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखिँदा महानगरपालिका आलोचित बन्दै आएको थियो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत प्रदीप निरौलाले आउँदो सातादेखि नगर क्षेत्रका करिब ७४ किलोमिटर सडक कालोपत्रे गर्न सर्भेक्षण भइरहेको जानकारी दिए ।

एशियाली विकास बैंकअन्तर्गत रहेको आरयुडिपी को दुई अर्ब ४० करोडको सहयोगमा सडक कालोपत्रे हुन लागेको हो । यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत एक अर्बभन्दा बढीको लगानीमा नगर क्षेत्रको ११ किलोमिटर थप सडक निर्माण गरिँदैछ ।
रासस

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहिबार ००:००