१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनले जितेमा सुशासन र समृद्धि हुन्छः डा भट्टराई



६ मंसिर, काठमाडौँ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार डा राजन भट्टराईले वामगठबन्धनले जितेमा मुलुकका सुशासन र समृद्धि हुने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका १ मा आयोजित कोणसभामा उनले भने— “नेपाली कांग्रेसको नेतृत्वको सरकार हुँदा भ्रष्टाचार बढेको र विकासका काममा अवरोध आएको मात्र नभइ राष्ट्रियता खतरामापर्ने स्थिति भएकाले अब वामगठबन्धनबाट राष्ट्रियता संरक्षण हुन्छ ।”

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई डा भट्टराई र काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा ख का उम्मेदवार कुसुमकुमार कार्कीले स्वागत गरे ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००