१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘स्थानीय तह कार्यान्वयन हुँदा उचित समायोजन’



कर्मचारी संगठनहरूले स्थानीय तह कार्यन्वयन हुँदा आफूहरूलाई उचित समायोजन गर्न सरकारसँग माग गरेका छन् । स्थानीय तह कार्यान्वयन हुँदा सकेसम्म पुरानै ठाउँमा राख्न माग गरेका छन् । यसैगरि घरपायकलाई स्थानीय तहलाई प्राथमिकतामा राखेर समायोजन गर्नुपर्ने स्थानीय निकाय कर्मचारी संगठन नेपालका ३ नं. प्रान्तका अध्यक्ष गोपाल पोखरेलले बताए ।

“समायोजन गर्दा अन्य सेवाका कर्मचारी र हामीबीच विभेद हुन भएन । सरकारको तयारीले विभेद गर्ने देखाउँछ,” उनले भने, “कर्मचारीतन्त्रमा दुई बर्ग देखिनु भएन ।” यसैगरि स्वेच्छिक अवकासका लागी प्याकेज ल्याउनु पर्ने, योग्य कर्मचारीलाई संघसम्मै प्रतिस्पर्धा दिनुपर्नेलगायतका माग राखेका छन् । प्रान्तस्तरमा सरुवा हुन सक्ने व्यवस्था गर्नुपर्ने माग कर्मचारी संगठनहरूको छ । संघ र प्रान्तले विभिन्न बहानामा स्थानीय तहलाई नियन्त्रण गर्न कर्मचारी खटाउने परिपाटीलाई पनि अन्त्य गर्न संगठनहरूले माग गरेका छन् ।

१४ वटा संगठनले बुधवार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ६ बुँदे माग राखेर ज्ञापन पत्र बुझाएका छन् । संगठनहरूले बुधवारदेखि विभन्न चरणमा आन्दोलनसमेत घोषणा गरेका छन् । माघ महिनाभित्र आफूहरूको पुरा नभए फागुन १ गते स्थानीय तह बन्द गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७३, बुधबार ००:००