१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने



५ मंसिर, काठमाडौँ ।
काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताए ।

“कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,” प्रमुख शाक्यले भने । जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोक्नु परेकाले पूर्व जानकारी गरेरमात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको आठ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्ययोजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको हो ।

सहरको विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यले यस किसिमको अवधारण ल्याइएको शर्माले बताए ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००