१२ आश्विन २०८०, शुक्रबार | Fri Sep 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साविकको २६८ गाविसमा अझै सडक पुगेन, अाफ्नै लक्ष्य पुरा गर्न सरकार असफल



स्थानीय खबर संवाददाता
काठमाडौं, ५ मंसिर

सरकारले दुई बर्षभित्र सबै गाविसमा मोटर बिस्तार गर्ने घोषणा गरेको थियो । तर घोषणा गरेको २ बर्ष नाघिसक्दा पनि साविकका २ सय ६८ गाविसमा सडक पुगेको छैन ।

गत बर्ष सरकारले नयाँ स्थानीय तह कार्यान्वयन गरेका कारण सडक नपुगेका साविकका ती गाविसहरू गाउँपलिकाका वडामा रुपान्तरण भइसकेको छ । भौगोलिक रुपमा अत्यन्तै ठूला कतिपय गाविसलाई टुक्र्याएर २ वटासम्म वडा वनाएका हुनले सडक नपुगेको वडाको संख्या अझ बढ्न सक्ने देखिएको छ ।

 खासगरि महाभारत पर्वत श्रृखंलामा पर्ने उच्च पहाडी र हिमाली जिल्लाहरूका वडाहरूलाई केन्द्रीय र जिल्ला सडक सञ्जालले छुन सकेको छैन ।

स्थानीय पूर्वाधार तथा कृषी सडक विभागका अनुसार २ बर्षअघि कच्चि सडक नपुगेको गाविसको संख्या ३ सय ६८ थियो ।

स्थानीय यातायत क्षेत्रगत कार्यक्रमका अनुसार सरकारले २ बर्षभित्र सबै गाविसमा सडक पु¥याउने घोषणा गरेको थियो । तर २ बर्षको अवधिमा करिब १ सय गाविसमा मात्रै सडक पुगेको छ ।

कार्यक्रमका संयोजक गंगाबहादुर बस्नेतका अनुसार बाँकी वडामा सडक पु¥याउन ४ सय ८५ किलोमिटर नयाँ ट्र्याक खोल्नु पर्नेछ ।

ट्र्याक खोल्नु पर्ने सडक आयोजनाको संख्या ३ सयको हाराहारीमा छ । यो बर्ष वडालाई सडक सञ्जालसँग जोड्ने आयोजनाहरूका लागी ४३ करोड रुपैयाँ विनियोजन भएको छ । यो बजेटले करिब ५० वटा वडाहरूसम्म मात्रै ट्र्याक खोल्न सकिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००