६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकामा तालाबन्दी



५ मंसिर, डडेल्धुरा ।
डडेल्धुराको अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको कार्यालयमा निर्वाचित जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् । अमरगढी नगरपालिका डडेल्धुराको कार्यालयमा पाँच वडाका वडाध्यक्षले पाँच दिन अघि तालाबन्दी गरेका हुन् भने भागेश्वर गाउँपालिमा सोमबार तालावन्दी गरिएको छ ।

कुल ११ वडा रहेको अमरगढी नगरपालिकाका पाँच जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्यले विभिन्न माग राखी नगरपालिकाको प्रमुखको कार्यकक्ष, लेखा शाखा र कार्यकारी अधिकृतको कार्यालयमा तालबन्दी गरेका हुन् ।

त्यस्तै भागेश्वर गाउँपालिकामा पाँच वडाध्यक्ष र गाउँपालिका सदस्यले सदरमुकाम र अन्य माग राखी तालाबन्दी गरेको बुझिएको छ ।

नगरवडाको वडा कार्यालयको स्थापना गरिनुपर्ने, अमरगढी नगरपालिकाको निर्माणाधीन भवन मापदण्ड विपरीत निर्माण भइरहेको र सो कार्य रोकिनपर्ने माग राखी तालाबन्दी गरिएको वडा नं ६ का अध्यक्ष गोविन्द भट्टले बताए ।

आचारसंहिता लागू भएका समयमा नगरप्रमुखको एकल निर्णयमा मेयर कपको भलिबल खेलका लागि १ लाख ७५ हजार दिएको, ऐन कानून नबनाइकनै कार्यक्रम सञ्चालन गरिरहेको लगायतका विषयलाई लिएर तालाबन्दी गर्नुपरेको अमरगढी नगरपालिका ३ का वडाध्यक्ष गोविन्द बोहराले जानकारी दिए ।

त्यस्तै कुनै जानकारी नदिई, गाउँपालिकाको बैठकमा छलफल नै नगरी राजनीतिक पूर्वाग्राही ढंगले गाउँपालिकामा तालाबन्दी गर्नुको अर्थ नहुने भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले बताए । नगरपालिकामा कांग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिले ताला लगाएका हुन् भने भागेश्वर गाउँपालिकामा एमालेबाट चुनाव जितेका वडाध्यक्षले ताला लगाएका छन् ।

नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख जितेको भए पनि वडा र कार्यपालिकामा कांग्रेसको बहुमत छ । भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले जितेको भए पनि गाउँ कार्यपालिकामा एमालेको बहुमत छ ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००