१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारीलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन



५ मंसिर, नवलपरासी ।
नवलपरासीको गैँडाकोट नगरपालिकाले सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन गैँडाकोटका सबै सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीलाई निर्देशन दिएको हो ।

राजनीतिक दलका कार्यक्रममा विद्यार्थीलाई सहभागी नगराउन पनि आग्रह गरिएको छ । साथै राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा त्यस्ता शिक्षक एवं कर्मचारीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

केही दिनअघि गैँडाकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि नगरपालिकाले यस विषयमा चासो देखाएको हो ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००