१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानवन अधिकार आयोगले स्थानीय निर्वाचनको अनुगमन प्रतिवेदन बुझायो



४ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वको टोलीले आज निर्वाचन आयोगमा प्रतिवेदन बुझाएको हो ।

दुवै आयोगका पदाधिकारीहरूको उपस्थितिमा मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई प्रतिवेदन बुझाएका हुन् । छिटफुट घटनाबाहेक स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निर्वाचनको क्रममा तीनजनाको ज्यान गएको, केही स्थानमा बम फेला परेको, पड्केका विस्फोटक पदार्थहरूले त्रासित बनाएको र केही ठाउँको झडपबाहेक मानव अधिकार उल्लंघनका घटनाहरू नभएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, प्रतिवेदनमा महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको समेत उत्साहजनक सहभागिता रहेको उल्लेख छ । कसैलाई पनि लिङ्ग, धर्म, जातजाति, राजनीतिक आस्थासमेतका आधारमा विभेद भएको भन्नेजस्ता घटना नभएको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा मतदाता शिक्षा प्रभावकारी बनाउन, महिला, जेष्ठ नागरिक, अपाङ्ग मैत्री मतदानस्थलको छनोट, खानेपानी, शौचालय, प्राथमिक स्वास्थ्य सेवाको उपलब्धता जस्ता कुरामा ध्यान दिन सुझाव दिइएको छ । रासस

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार ००:००