२३ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिना भो ढल फुटेको कसैको ध्यान गएन

लेखक स्थानीय खबर ४ मंसिर २०७४, सोमबार २ मिनेट पढाइ

पूर्णप्रसाद मिश्र
४ मंसिर काठमाडौँ ।
पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न वटुवालाई कठिनाई भएको छ । काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भैरहेका छन् । ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी वितिसकेको छ ।

खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो । स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने प्रमुखस्थलका रुपमा रहेको सो स्थान अव्यवस्थित बन्न पुगेको छ ।

विगत तीन महिनादेखि महानगरपालिकाको वडा नं २८ मा पर्ने खुलामञ्च पुरानो बसपार्क क्षेत्रबाट ढल फुटेर सडकमा बग्दा महानगर लगायत सम्बद्ध कुनै सरोकार निकायको चासो जान सकेको छैन ।

सडक र पैदलमार्ग माथिबाट ढलको कालो न कालो लेदो बग्दा सो माथि टेक्दै हिँड्नुपरेको भक्तपुर सूर्यविनायककी राममाया कोजुले गुनासो गरिन् । बसपार्कको खुलामञ्च, सैनिक मञ्चतिरको भागबाट ढल बगिरहेको देखिन्छ ।

त्यसैगरी वीर अस्पतालको आवासीय भवनअघिको पैदलमार्गमा पनि ढल फुटेर हिँडडुल गर्न नसकिने भएको उपचारका लागि मकवानपुरबाट आएका रञ्जित तामाङले बताए ।

“मानिस बिरामी भएर उपचारका लागि अस्पताल आउँछन्, उपचार गर्ने अस्पतालको आँगनमा ढल फुट्दा किटाणुले बिरामीलाई थप संक्रमण गर्ने अवस्था छ, फुटेको ढल नबनाउँदा अस्पताल आएका बिरामीलाई बढी असर पर्ने देखिन्छ । ” उनले भने ।

महानगरपालिकाले चार दिनअघि नै फुटेको ढल पुनःनिर्माणका लागि लगत अनुमान गरे पनि काम सुरु नभएको स्थानीयवासी वतउँदछन् । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले १० दिनभित्र ढल व्यवस्थित गरिने जानकारी दिइन् ।

“पाँच दिनअघि रत्नपार्क क्षेत्रलाई धुलो मुक्त गर्न के गर्नुपर्छ भनी स्थलगतरुपमा अध्ययन गर्न जाने क्रममा मैले बसपार्कअघि ढल बगेको देखेँ, भोलिपल्ट नै महानगर निर्माण विभागलाई लगत अनुमान तयार गरी ढल बन्द गर्न निर्देशन दिइएको छ ।” उनले भनिन् ।

सो क्षेत्रमा ढल फुटेर आएको समस्याका बारेमा कुनै निकायबाट सूचना नआएको स्पष्ट पार्दै उपप्रमुख श्रेष्ठले ढलको समस्या छिटोभन्दा छिटो समाधान गरिने जानकारी दिइन् ।
।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।