५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित



१ मंसिर, महोत्तरी ।
माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका ४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघर भएका छन् । वर्षौंदेखि ऐलानी जग्गामा फुसको टहरा बनाएर बसोबास गर्दै आएका सातजनाको घर पूर्णरुपमा सडकमा परेपछि उनीहरु विस्थापित भएका हुन् ।

त्यस्तै, एक दर्जनभन्दा बढी मुसहरको फुसको घर आंशिकरुपमा भत्काइएको छ । सडक विभागले एकहप्ते सूचना प्रकाशन गरेपछि घर आफूहरुले नै भत्काएको रामकुमारी सदाले बताइन् । आँगनबाट सवारीसाधन गुड्न थालेपछि असुरक्षित महसुस भएको लखियादेवी सदाले बताउछिन् ।

एकसय पाँच फिट चौडाइको सडक बनेपछि मुसहरबस्ती नै धरापमा पर्ने सम्भावना बढेको स्थानीय बासिन्दा बताउँछन् । गौशाला नगरपालिकाको कार्यालयले तत्काल उनीहरुलाई राहत दिने तयारी गरेको नगरप्रमुख शिवनाथ महतोले बताए ।

उनका अनुसार अहिले गौशाला नगरपालिकामा रहेको मुसहरहरुको संख्या यकिन गर्ने कार्य भइरहेको छ र चाँडै नै एकीकृत दलित बस्ती बनाउने नगरपालिकाको योजना छ ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ००:००