९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क



१ मंसिर, पाल्पा ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् ।

गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली १, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् ।

गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिए ।

यसैबीच, बगनासकाली सामुदायिक रेडियो स्थापनाका लागि वडाध्यक्ष थानेश्वर तिमिल्सिनाको अध्यक्षतामा अध्ययन समिति गठन गरिएको छ । एफएम रेडियो सञ्चालनका लागि अध्ययन र तयारीका लागि गाउँपालिकाले यसअघि नै १५ लाख बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाका अनुसार खानीछाप बर्थिङ सेन्टर, बराङदीको शिवासन मन्दिर, खानीगाउँको वडा कार्यालय, पोखराथोकको धारापानी र बगनासडाँडाको कोटघरमा सार्वजनिक शौचालय निर्माण गरिने अध्यक्ष बस्यालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ००:००