३० कात्तिक, काठमाडौँ ।
नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी देशलाई गरिबीको चक्रबाट बाहिर निकाल्न वाम गठबन्धनलाई जनताले जिताउनुपर्ने बताएका छन् ।
नेकपा एमाले कागेश्वरी मनहरा नगरपालिका ४ ले आयोजना गरेको कार्यकर्ता भेलामा उनले विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माण तथा विकासका कार्यले गति लिन नसकेकाले अब गठबन्धनलाई जनताले सहयोग गर्नुपर्ने बताए ।
अहिलेको चुनावी प्रणालीमा राजनीतिक दललाई बहुमत प्राप्त गर्न कठिन रहेको बताउँदै नेता नेपालले देशलाई अस्थिरताबाट निकास दिन वामपन्थी विचार मिल्ने दलले गठबन्धन गरेको उल्लेख गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली कांग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो तथ्यहीन तर्कका पछाडि नलाग्न आग्रह गरे ।
रासस
प्रतिक्रिया