६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमला नदीमा निर्मित झोलुंगे पुलको उद्घाटन गरिए संगै आवतजावत शुरु

लेखक स्थानीय खबर १२ कार्तिक २०७४, आइतबार १ मिनेट पढाइ


सिरहा
, १२ कातिक । उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहालले उदयपुर, सिन्धुली, सिरहा र धनुषाको संगमस्थल चिसापानीस्थित कमला नदीमा निर्मित झोलुंगे पुलको उद्घाटन गरेका छन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको करिब तीन करोडको सहयोगमा बनेको उक्त पुलको लम्बाइ ४०० मि छ । पुल निर्माणपछि त्यस क्षेत्रका जनतालाई दैनिक आवजजावतका साथै बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन सहज हुनेछ ।

त्यहाँका कृषकलाई आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न तथा तरकारीलाई बजारसम्म पु¥याउन सजिलो भएको छ । कमला उत्तरायण तीर्थस्थलका नामले ख्याति कमाएको त्यस क्षेत्रमा पुल निर्माणपछि धार्मिक पर्यटकको संख्या निकै बढ्ने विश्वास गरिएको छ ।

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा डोलीडारका महानिर्देशक जीवन श्रेष्ठले पुल निर्माणसम्बन्धी प्रतिवेदन पेश गरेका थिए । यसैबीच अध्यक्ष दाहालले सोही स्थान नजिकै तीस लाखको लागतमा निर्माण भएको मुक्तेश्वर शिवमन्दिरको पनि उद्घाटन गरेका छन् ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।