२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुरमा शैक्षिक सभाहल निर्माण हुँदै

लेखक स्थानीय खबर १२ फाल्गुन २०७५, आइतबार १ मिनेट पढाइ

फागुन १२, बेझाड । पाल्पाको रामपुरमै सबैभन्दा ठूलो शैक्षिक सभाहल निर्माण हुँदैछ । रामपुर नगरपालिकाको सहयोगमा दरैठाँटी माध्यमिक विद्यालयको परिसरमा सभाहल निर्माण गरिँदैछ ।

विद्यालयले उपलब्ध गराएको करीब एक रोपनी क्षेत्रफलमा ६०० मानिस अट्ने क्षमताको सुविधासम्पन्न सभाहल निर्माण भइरहेको सभाहल भवन निर्माण समितिका संयोजक ओमप्रकाश रेग्मीले बताए ।

सभाहल निर्माणका लागि रामपुर नगरपालिकाले ४० लाख रकम विनियोजन गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए । विद्यालयको आठ लाख रकमसहित करीब ४८ लाखको लागत स्टिमेटमा भवन निर्माणकार्य थालनी गरिएको हो ।

आउँदो असार मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अहिले धमाधम भइरहेको छ । रामपुर क्षेत्रमा ठूलो क्षमताको सभाहल नहुँदा विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह गर्न समस्या परिरहेको छ ।

शहरोन्मुख हुँदै गरेको रामपुरमा यहाँ सभाहल निर्माणकार्य सम्पन्न भएपछि विभिन्न कार्यक्रम, गोष्ठी, सभासमारोह आयोजना गर्न सजिलो हुने दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए । रासस

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।