२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

लेखक स्थानीय खबर १९ कार्तिक २०७५, सोमबार १ मिनेट पढाइ

 

कात्तिक १९, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ ।

प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ । नगर गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ ।

प्रदेश अन्तर्गत रहेका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत मङ्सिर १५ गतेभित्र सक्नेगरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन समेत दिइएको सचिव पोखरेलले जानकारी दिए । प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असोज ५ गते विशेष परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिएका थिए ।

सचिव पोखरेलले परिपत्रानुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम भइरहेको बताए ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।