२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रसारण लाइनमा समस्या, पूर्वी पहाडी जिल्लामा विद्युत अवरुद्ध

लेखक स्थानीय खबर २८ भदौ २०७५, बिहिबार १ मिनेट पढाइ

 

भदौ २८, पशुपतिनगर । केन्द्रीय विद्युत प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत सेवा ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो ।

इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् ।

विद्युत अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् । विद्युत प्राधिकरणले १३२ केभी काबेली करिडोरबाट विद्युत प्रवाह गरे पनि त्यो लाइनमा पनि हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताए ।

उनका अनुसार बिर्तामोड–ताप्लेजुङ ३३ केभी विद्युत प्रसारण लाइन सञ्चालनका लागि काम भइरहे पनि पहिरो गएको क्षेत्रमा पोल ठड्याउन समस्या भएकाले आज बेलुकीसम्ममा काम सक्ने योजना छ ।

यस्तै अर्को विद्युत् प्रसारण लाइन काबेली करिडोरमा आएको समस्या अझै सुल्झन सकेको छैन । एकसय बत्तीस केभी काबेली प्रसारण लाइन सञ्चालनका लागि विद्युत प्राधिकरणका प्राविधिक बिहानैदेखि खटिएका छन् ।
रासस

प्रकाशित मिति : २८ भदौ २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।