२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी

लेखक स्थानीय खबर १० भदौ २०७५, आइतबार १ मिनेट पढाइ

 

भदौ १०, विराटनगर । नेपाली काङ्ग्रेसका नेता एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आफ्नो पार्टी विजयी भएका स्थानीय तहमा कर घटाउने तयारी भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले अत्यधिकरुपमा लगाइएको करका कारण जनताले विभिन्न समस्या झेल्नु आरोप लगाए ।

गच्छदारले काङ्ग्रेसबाट विजयी भएका नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई विकास बजेट परिचालन र कर घटाउने विषयमा आगामी सोमबार काठमाडौंमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।

उपनेता गच्छदारले आफ्नो पार्टीले सचेत प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारको असल कामको समर्थन र संविधान विपरीतको कामको विरोध गर्ने धारणा व्यक्त गरे ।
रासस

प्रकाशित मिति : १० भदौ २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।