२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठमेलमा ‘साइकल लेन’ निर्माण गर्दै काठमाडौं महानगर

लेखक स्थानीय खबर २३ श्रावण २०७५, बुधबार १ मिनेट पढाइ

 

साउन २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।

कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौं उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भने ।

चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा त्यसपछि बजेटले भ्याएसम्म उक्त कार्य अन्य स्थानमा पनि गर्ने योजना कामपाको रहेको छ ।

अघिल्लो वर्ष नै कामपाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी ठमेलका खाल्डाखुल्डीको समस्या पनि त्यत्तिकै नै छ । खाल्डाखुल्डीको कारणले गर्दा वर्षाको समयमा हिलो र हिउँदको समयमा धूलोको सामना गर्न ठमेलमा आवतजावत गर्ने यात्रुको बाध्यता हो ।
रासस

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।