२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र

लेखक स्थानीय खबर १६ श्रावण २०७५, बुधबार १ मिनेट पढाइ

 

साउन १६, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो ।

सबै ज्येष्ठ नागरिकलाई दिउँसो फुर्सदको समय बिताउन र मनोरञ्जन लिन सहज होस भनेर सेवाकेन्द्र सञ्चालन गरेको स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष नरबहादुर हमालले बताए ।

सेवाकेन्द्र भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणाले उद्घाटन गरे । उपप्रमुख उमा थापामगर र वडाध्यक्ष प्रमोद रिजालले सेवाकेन्द्रमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनको विभिन्न सुविधा उपलब्ध गराइने बताए ।
रासस

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।