साउन १५, दमक । झापामा एक दाताले ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् । जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका हुन् ।
जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेका छन् । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागिसमेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिए । उनले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताए ।
गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।