२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँकेको नरैनापुर गाउँपालिकामा वडा कार्यालय भवन निर्माण

लेखक स्थानीय खबर ३ श्रावण २०७५, बिहिबार १ मिनेट पढाइ

 

३ साउन, नेपालगन्ज । बाँके जिल्ला नरैनापुर गाउँपालिकाको जमुनीमा ६ उक्तकार्यालयको चारकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको ३८ लाखको लागतमा एक बैठक कक्षसहित चार कोठाको भवन निर्माण भएको वडाध्यक्ष प्रेमप्रसाद उपाध्यायले बताए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित भवन उद्घाटन गर्दै यसबाट नागरिकलाई सेवा प्रवाह गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

यसैगरी, सोही गाउँपालिकाको भोजपुरस्थित जयकिसान माध्यमिक विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । जिल्ला शिक्षा समन्वय इकाईको आर्थिक अनुदान र स्थानीय जनश्रमदानवाट उक्त दुईकोठे भवन निर्माण गरिएको हो ।
रासस

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।