२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारको पेशागत सुरक्षाका लागि नीति ल्याउदै उपमहानगर

लेखक स्थानीय खबर ७ असार २०७५, बिहिबार १ मिनेट पढाइ

 

७ असार, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पत्रकारको पेशागत सुरक्षाका लागि सुझाव संकलन गरिएको छ । यहाँ रहेका सञ्चारमाध्यमलाई व्यवस्थित गर्न उपमहानगरले सुझाव संकलन गरेको हो ।

सञ्चारमाध्यमसंग सहकार्य नहुँदा उपमहानगरले गरेका विकासका काम बाहिर नआएकाले सहकार्य गरी अघि बढ्नुपर्ने आफूहरूका लागि छुट्टै भवन भए विभिन्न कार्यक्रम गर्न सहज हुने पत्रकारहरूको सुझाव थियो ।

प्रेस युनियनका जिल्ला अध्यक्ष सुशील बस्नेतले श्रमजीवी पत्रकार र प्रकाशकबीच छलफल गरेर नीति बनाउनसके श्रमजीवी ऐन कार्यान्वयन हुने बताए । प्रेस चौतारीका निर्वतमान उपाध्यक्ष संगीत बस्यालले सञ्चारमाध्यमलाई टिकाउने खालको नीति बनाउन आवश्यक रहेकामा जोड दिए ।

सञ्चार नीति बनाएर सञ्चार माध्यमलाई बलियो बनाइनेमा जोड दिँदै नगर प्रमुख घनश्याम पाण्डेले पत्रकारका सुझावका आधारमा सो नीतिलाई नमूनाको रूपमा प्रस्तुत गरिने बताए ।
रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।