२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

लेखक स्थानीय खबर २९ जेष्ठ २०७५, मंगलबार १ मिनेट पढाइ

 

२९ जेठ, जाजरकोट । यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ ।

सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिए । स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एक वटा मात्र दरबन्दी रहेको छ ।

सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायीरुपमा काम गर्दै आएकी अनमी अविसरा शाही पढाइका लागि बिदामा बसेको दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमीविहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ । पटकपटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय, विभागमा माग गरेपनि सुनुवाइ नभएको प्रमुख थापाले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताइन् । छेडागाड नगरपालिकाका प्रशासकीय प्रमुख सर्वदल शाहीले यो बारेमा बुझेर समस्या समाधान गर्ने बताए ।

अहिले स्वास्थ्यकर्मीको सरुवा, काजमा पठाउने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । जाजरकोटका सातवटा तहमा यहाँका सबै स्वास्थ्य संस्था हस्तान्तरण भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।