२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध

लेखक स्थानीय खबर १८ जेष्ठ २०७५, शुक्रबार १ मिनेट पढाइ

 

१८ जेठ, बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड रातभरि परेको अविरल वर्षाका कारण आज बिहानै देखि अवरुद्ध भएको छ ।

सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै सिद्धबाबा मन्दिर नजिकै बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध भएको र वर्षा निरन्तर परेकाले पहिरो हटाउन कठिनाइ भएको दोभानका स्थानीय बासिन्दा विष्णुप्रसाद पाण्डेले बताए ।

राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

यसअघि पनि राजमार्गको सो क्षेत्रमा दुई पटकसम्म पहिरो खस्दा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।
रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।