२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिने

लेखक स्थानीय खबर ८ जेष्ठ २०७५, मंगलबार १ मिनेट पढाइ

 

८ जेठ, चितवन ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताएका छन् । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।

केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताए । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उनले बताए ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।