२३ बैशाख, गौशाला । महोत्तरीको औरही नगरपालिका–६ खोपी गाउँमा सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शनिबार राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा दुई समूहबीच कुटाकुट हुँदा दासको मृत्यु भएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासी ६५ वर्षीय शिवशरण दास र ३२ वर्षीय इन्द्रजित दासलाई गए राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ । रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।