२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समयमै तलब नदिने सञ्चार सँस्था बन्द गरिन्छः महासंघ

लेखक स्थानीय खबर १८ बैशाख २०७५, मंगलबार १ मिनेट पढाइ

१८ बैशाख, काठमाडौं । कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो ब्यानर टाँगेको छ ।

विश्वभर १२९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले कालो तुल टाँगेको हो । नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रिनुको बिकल्प नरहेको महासचिव विष्टले बताए ।

उनले भने, “श्रमजीवीको हकहितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन, परी आए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।” विगतमा सञ्चार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा बन्द गर्न पाइन्न भन्ने रहे पनि अहिले सूचना पाउने अन्य धेरै माध्यम भएको बिष्टको दाबी छ ।

तत्काल माग पूरा गर्न व्यवस्थापन तयार नभए वा महासंघको आन्दोलनलाई फितलो ठानिए तालाबन्दीसम्म गर्न पछि नपर्ने बिष्टले चेतावनी दिए । रासस

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।