२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिनाभित्र कर्मचारी व्यवस्थापन गर्न महासंघको आग्रह

लेखक स्थानीय खबर १२ बैशाख २०७५, बुधबार १ मिनेट पढाइ

१२ वैशाख, काठमाडौं ।
गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सरकारले एक महिनासम्ममा पनि आवश्यक कर्मचारी व्यवस्थापन नगरे महासंघले नै कर्मचारी व्यवस्थापन गर्ने बताएका छन् ।

महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले कर्मचारीको अभावले गर्दा नागरिकको सेवा व्यवस्थापन गर्न समस्या परेकाले एक महिनाभित्र सरकारले कर्मचारी व्यवस्थापन नगरे संविधानको मर्यादाभित्र रहेर आफूलाई चाहिने कर्मचारी आफैँ व्यवस्थापन गर्ने बताएका हुन् ।

गत शुक्रबार र शनिबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको पहिलो बैठकका निर्णय सुनाउँदै अध्यक्ष श्रेष्ठले गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता र स्वीकृत शिक्षक दरबन्दीलाई अपुग हुने गरी पैसा गएको र कतै धेरै पैसा गएकाले यस विषयमा ध्यान दिन महासंघले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसंग आग्रह गरेको छ ।

अध्यक्ष श्रेष्ठले भने, “विषयगत कार्यालय अहिले पनि कायमै छन्, साझा अधिकारका विषयमा सरकारले कानून बनाउँदा गाउँपालिकालाई सोध्दै सोध्दैन ।” नगरपालिका र गाउँपालिकामा प्राप्त संवैधानिक हक समान छ ।

नागरिकप्रतिको जिम्मेवारी, जवाफदेहीता, प्रवाह गर्नुपर्ने सेवा र वितरण गर्नुपर्ने सुविधा समान भए पनि नगरपालिका प्रमुख र गाउँपालिका प्रमुखलाई गरिने व्यवहार फरक रहेको पनि श्रेष्ठले गुनासो गरे ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।