२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसीमा डिपबोरिङमार्फत खानेपानी

लेखक स्थानीय खबर १२ बैशाख २०७५, बुधबार २ मिनेट पढाइ

१२ वैशाख, खोटाङ ।
धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो ।

बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिए ।

“करिब १४ लाखको लागतमा योजना सम्पन्न भएको छ,” उनले भने, “अहिले प्रतिसेकेण्ड आठ लिटरका दरले पानी निकालेर जम्मा गर्ने व्यवस्था गरिएको छ ।”

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हलेसीवासीका लागि तत्कालका लागि डिप बोरिङमार्फत जमिनमुनिको पानी निकालेर वितरण गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, खोटाङका प्रमुख विजय ठाकुरले बताए ।

“खानेपानी अभावमा काकाकुल बनेका हलेसी क्षेत्रका करीब ३५० घर परिवार यो योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ,” उनले भने, “यो योजनाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीलाई समेत सहज हुनेछ ।”

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा सुनकोशी नदीको पानी लिफ्ट गरेर बजार क्षेत्रमा तान्ने आयोजनाको कामसमेत शुरु गरिएको छ । नदीको पानी तान्ने आयोजनासँगै विकल्पमा डिप बोरिङ शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

बाह्रै महिना पर्यटक तथा दर्शनार्थीको घुइँचो लाग्ने हलेसीमा यसअघिसम्म वर्षामा परेको पानी छानामा पाइप जडान गरेर संकलन गरेको तथा नदीबाट बोकेर ल्याएको पानी प्रयोग गरिँदै आइएको थियो ।

यसअघि हलेसी मन्दिरभन्दा केही तलको पानी लिफ्ट गरेर निकालिए पनि मुहानमा पर्याप्त पानी नहुँदा उक्त योजना असफल भएको छ ।
रासस

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।