२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरका वडा अध्यक्ष भण्डारी माथि आक्रमण

लेखक स्थानीय खबर २७ चैत्र २०७४, मंगलबार १ मिनेट पढाइ

२७ चैत, चितवन ।
भरतपुर महानगरपालिका वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीमाथि आक्रमण भएको छ । अपराह्न ४ः३० बजेको समयमा नारायणगढ बजारमा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।

घाइते भण्डारीका अनुसार मोबाइल मर्मतका लागि नारायणगढ बजार गएको समयमा आक्रमण भएको छ । सिद्धी आयल अगाडि रोकी राखेको गाडी चढ्न लाग्दा आफूमाथि एक्कासि आक्रमण भएको उनले बताए ।

भरतपुर अस्पतालमा उपचाररत भण्डारीले भने, “गाडी नजिक पुगेको समयमा एक्कासि पछाडिबाट उडेर के आए जस्तो भयो, म एक्कासी भुइँमा लडेँ, त्यसपछि मोबिल छर्किएर टाउकामा ढुंगा प्रहार गरे ।” आक्रमण गर्ने व्यक्ति होचोहोचो कदको र टोपी लगाएको आफूले प्रष्ट देखेको उनले बताए ।

आक्रमणकारीले मुख छोपेकाले अनुहार भने प्रष्ट नदेखेको उनले बताए । भण्डारीको टाउको र कुहिनोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आक्रमणकारीको खोजी भइरहेको बताए । कसले आक्रमण गरेको हो भन्ने एकीन हुन नसकेको उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।