२१ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्ने नगरपालिकाको निर्णय

लेखक स्थानीय खबर २७ चैत्र २०७४, मंगलबार १ मिनेट पढाइ

२७ चैत, वालिङ– स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो ।

“आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेका छौँ” नगर प्रमुख शिवकुमार गिरीले भने, “आफूले सरकारी नुनपानी खाने तर आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गर्नाले शिक्षाको गुणस्तरमा कमी आएको महसुस गरी यस्तो निर्णय गरिएको हो ।”

नगरपालिकाले पारित गरेको यो नीति आगामी शैक्षिक सत्र २०७५ बाट लागू हुने चापाकोट नगरपालिकाले जनाएको छ । शिक्षकले आफ्ना बालबालिका आफैँ अध्यापनरत विद्यालयमा भर्ना गर्दा सन्देश राम्रो जाने र अन्य अभिभावकलाई पनि सरकारी विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न सहज हुने नगर प्रमुख गिरीले बताए ।

सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गइरहेका बेला नगरपालिकाले सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानका लागि प्रोत्साहन पुग्ने खालका विभिन्न नयाँ कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।

नगरपालिकाले चालेको यो अभियान पहिलो चरणमा विशेष गरी सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ ।
रासस

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।