२३ चैत, धनगढी ।
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न ४ जनालाई जिल्ला अदालतले जनही ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ ।
अदालतको बिहीबारको आदेश बमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।
घटनामा संलग्न भएका धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाललाई भने साधारण तारेखमा रिहा गरिएको छ । गत फागुन २८ गते साँझ निवासमै गएको एक समूहले गरेको आक्रमणबाट घाइते भएका नगरप्रमुख चौधरीको उपचार जारी छ ।
रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।