२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि धनकुटाका २२ योजना अलपत्र

लेखक स्थानीय खबर १९ चैत्र २०७४, सोमबार २ मिनेट पढाइ

१९ चैत, धनकुटा ।
शान्ति मन्त्रालयबाट रकम निकासा नभएपछि जिल्लामा निरन्तर सञ्चालनमा रहेका बहुवर्षीय योजना अलपत्र भएका छन् ।

धनकुटा जिल्लामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत सञ्चालित २२ वटा योजना अपूरा भएको जिल्ला प्राविधिक कार्यालय धनकुटाले जनाएको छ ।

मन्त्रालयबाट पाँचवर्षे योजना बनाएर न्यूनतम ८ लाखदेखि अधिकतम ३० लाखसम्म खर्च गर्ने स्टिमेट तयारी गरी सञ्चालित योजना तीन वर्ष नपुग्दै बन्द भएपछि योजना अलपत्र अवस्थामा रहेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख प्रकाश चौधरीले बताए ।

चौधरीका अनुसार शान्तिका लागि विकास कार्यक्रममा वार्षिक रकम विनियोजन गरेर क्रमशः योजना सञ्चालन हुने १२ वटा विद्यालय, ६ वटा सामुदायिक भवन, तीन पार्क र एक मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

जिल्लाका विभिन्न योजनामा कूल ३ करोड लागत स्टिमेट गरी सञ्चालित विभिन्न क्षेत्रमा भौतिक निर्माणका कार्य गर्न गत वर्षसम्ममा ७९ लाख ११ हजार ५०० निकासा भई काम गरिए भए पनि यस वर्ष कुनै पनि योजनाको रकम विनियोजन नभएका कारण २२ वटा नै योजना अपूरो रहेको कार्यालय प्रमुख चौधरीले बताए ।

शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत बहुवर्षीय योजना अन्तर्गत जिल्लाको पाख्रिबास नगरपालिकामा बन्दै गरेको नोना कोइराला स्मृति प्रतिष्ठानको भवनको काम थालनी भएसंगै रकम नआएपछि अपूरो रहने निश्चित भएको छ । शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत २२ वटा योजना कुनै शुरुवाती चरणमा रहेका छन् भने कुनै सम्पन्न चरणमा रहेका छन् ।

अहिले शान्ति मन्त्रालय समेत गाभिएपछि जिल्लामा सञ्चालित बहुवर्षीय अपूरा योजनाको सञ्चालनको जिम्मेवारी अब स्थानीय तहमार्फत सञ्चालन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवानले बताए ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।