२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०१८ उच्चस्तरीय भ्रमण वर्षः मन्त्री ज्ञवाली

लेखक स्थानीय खबर ३ चैत्र २०७४, शनिबार २ मिनेट पढाइ

३ चैत, काठमाडाैं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे ।

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ”–उनले भने ।

गत महिना पाकिस्तानी प्रधानमन्त्रीले गर्नुभएको भ्रमण सद्भाव र रोकिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए ।

गम्भीर मानवीय संकट उत्पन्न हुने गरी सिरियामा शक्ति राष्ट्रको स्वार्थका कारण भएको युद्धमा बालबालिकासमेत शिकार बनेकाले युद्धविराम हुनुपर्ने सरकारी धारणा पनि उहाँले सार्वजनिक गरे ।

“संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पु¥याएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु,” उनले भने ।

नेपाली भूमिलाई कुनै मित्रराष्ट्रविरुद्ध प्रयोग हुननदिने उनले प्रतिबद्धता जनाए । भारत र चीनबीच नेपालको सम्बन्ध एक अर्काको विकल्पका रुपमा नभइ आवश्यकताका आधारमा हुने नीति मन्त्रालयले अख्तियार गर्ने उनकाे धारणा छ । रासस 

प्रकाशित मिति : ३ चैत्र २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।